दाङ । एक दिन अगाडि ३९ दशमलव ५ डिग्री सेल्सियस रहेको दाङको तामक्रम बढ्दै गएको छ । विहीबार दाङको अधिक्तम तापक्रम ४० दशलमव २ डिग्री सेल्सियस पुग्यो ।
योसँगै यहाँ गर्मी बढ्दै गएको छ । विहीबार ४० दशलमव २ डिग्री सेल्सियस तापक्रम यस वर्षकै उच्च भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय घोराहीले जनाएको छ । कार्यालयको तथ्याङ्ले यो तापक्रम दश वर्षकै उच्च रहेको देखाउछ ।
अत्यधिक गर्मीका यहाँका विद्यालय समेत बन्द भएका छन् । गर्मीका कारण घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले विद्यालय बन्द गरेका छन् ।
गर्मीका कारण जनजीवन प्रभावित हुँदै गएको छ । विशेष गरी गर्मीका कारण मजदुरी गरेर खानेहरु प्रभावित भएका छन् ।
