पर्सा । गएाति आएको वर्षासँगैको हावाहुरीका कारणले पर्सामा एक जनाको ज्यान गएको छ । राति करीव साढे १० बजेतिर आएको वर्षासहितको हावाहुरीका कारण विन्दबासिनी गाँउपालिका २ गर्दौलका १०७ वर्षीय वृद्ध गुदेरी साहको ज्यान गएको हो ।

हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेरह उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । हावाहुरीले जनधनको पनि क्षति पुर्याएको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलको टावर हावाहुरीले ढलेको र त्यसले च्यापिएर एक पुरुष गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको प्रहरी जनाएको छ ।

त्यस्तै बहुदरमाई ५ मै हावाहुरीले एक रुख घरमा खस्दा च्यापिएर ९ जना घाइते भएको खबर पनि प्राप्त भएको छ । अहिले जिल्लामा हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले बताए ।