घोराही । अत्यधिक गर्मी बढेपछि दाङको घोराही उपमहानगरपालिकाले पाँच दिन विद्यालय बन्द गरेको छ ।
आज विहीबार बसेको शिक्षक पेशाकर्मीसहितको बैठकले जेठ १८ गतेदेखि २२ गतेसम्म यस क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
केही दिनदेखि दाङमा पनि अत्यधिक गर्मी बढेको छ । यहाँको अधिक्तम तापक्रम ३९ डिग्री सेल्सियस नाघेको छ ।





