सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको भे १ च २५६० नम्बरको बोलेरो जीप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुली नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ ।
दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको कार्यालयले जनाएको छ । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।
