भालुवाङ । दाङको राप्ती गाउँपालिकाले दुई दिनका लागि विद्यायल बन्द गरेको छ । केही दिनदेखि अत्यधिक गर्मी बढेपछि गाउँपालिकाले जेठ १७ र १८ गतो लागि गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
गर्मीका कारण विद्यार्थी वेहास हुने, शरीरमा एलर्जी हुनेलगायतका स्वास्थ्य समस्या देखिन थालेपनि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । यो विदालाई हिउँदे र वर्षे विदाबाट मिलान गर्ने गरी पनि गाउँपालिकाले जनाएको छ ।
