तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले बैदेशीक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन कामदार आफैँ पनि सजक हुनुपर्ने बताएका छन् ।

सुरक्षिक बैदेशीक रोजगार आप्रवासन केन्द्र (सामी) ले गरेको अभिमुखीकरण कार्यक्रममा प्रमुख खड्काले कामदार आफैं पनि सजक भए बैदेशि।क रोजगार सुरक्षित र भरपर्दो बनाउन सकिने बताए ।

बिदेश जाँदा कामदारले सबै कानुनी प्रक्रिया पुरा गरेका समस्याबाट जोगिन सक्ने बताए । श्रम स्वीकृत नगरी बिदेश गए समस्यामा परेमा राज्यले केही गर्न नसक्ने भन्दै जनस्तरमा सचेतना फैलाउन आग्रह गरे ।

कार्यक्रममा सामी परियोजनाकी कार्यक्रम अधिकृत बसन्ता पुनले बैदेशिक रोजगारमा देखा परेका समस्या र समाधानका उपाय बारे कार्यपत्र प्रस्तुत गरेका थिए । श्रमका लागि विदेशमा पुगेका नेपालीहरुले विभिन्न कारणले समय समयमा पीडा वेहाृेर्नुपर्ने अवस्था छ ।