दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना भएको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार शाखाका निवर्तमान सचिव भुपेन्द्रप्रकाश वलीलाई प्रदान गरिने भएको छ । शाखाको आज बसेको बैठकले यही जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृति दिवशको अवसरमा वलीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघको मिति २०८१ जेठ २६ गते हुने निर्वाचनका लागि शाखाका पूर्व अध्यक्ष सुदीप गौतमको संयोकत्वमा निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यमा अधिवक्ता हरि बेल्वासे र भुपेन्द्रप्रकाश वली छन् । साथै बैठकले महासंघ दाङ शाखाको नयाँ नेतृत्व चयनका लागि सर्वसहमतिको वातावरण निर्माण गर्न सम्पूर्ण संञ्चार संघसंगठन एवं अग्रजहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

महासंघ दाङ शाखाले मिति २०८१ वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको मिडिया महोत्सवको समिक्षा गर्दै महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुका साथै महासंघ दाङ शाखामा निर्माण गरिएको मिडिया लाईब्रेरी एवं रिसर्च सेन्टरको उद्घाटन गर्ने निर्णय गरेको छ ।