दाङ। नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन भएका छन् । घोराहीमा जेठ ६ र ७ गते चलेको १४ औं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । आचार्य एमाले महासचिव शंकर पोख्रेलका वहिनी ज्वाइँ हुन् ।
अधिवेशनले आचार्यको अध्यक्षतामा एक सय २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा मनोहर बुढाथोकी चयन भएका छन् । जिल्ला सचिवमा श्याम डाँगी, उपसचिवमा भवनेश्वर पौडेल र सीता चौधरी सर्वसम्मत चयन भएका छन् ।