तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएको छ । उनको निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।

उनले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताए। संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेका एक नेताले बताए।

आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गरे। इरानी राष्ट्रपति अजरबैजानको भ्रमण सकेर फर्कंदै गर्दा खराब मौसमका कारण उनी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।