घोराही । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माको अध्यक्षता एवम् नेकपा ९माओवादी०, केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा आज घोराहीमा बसेको बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि सबै सञ्चार संगठन एवम् अग्रज पत्रकारहरूसँग छलफल र सम्बाद गर्ने निर्णय गरेको छ ।

बैठकले पत्रकार महासंघ सम्बन्धि आवश्यक सम्पूर्ण निर्णय गर्न र वार्ता सम्बाद अघि बढाउन संगठनका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज लक्ष्मी आचार्यको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।

कार्यदलमा जिल्ला अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली र सह(सचिव दीपक बोहोरा रहनुभएको छ ।त्यसैगरी यही जेठ १३ गते घोराहीमा संगठनको लुम्बिनी समिति र पत्रकार महासंघ दाङसँग संयुक्तरूपमा कृष्ण सेन इच्छुक स्मृति दिवस मनाउने निर्णय गरेको छ । सो अवसरमा प्रदान गरिने पुरस्कार छनौट गर्न समिति गठन गरिएको छ । संगठनका जिल्ला इञ्चार्ज लक्ष्मी आचार्य संयोजक रहेको अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपाली सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको छ ।

बैठकमा पार्टीका सहइञ्चार्ज रामबहादुर दहित अञ्जान, जिल्ला संयोजक हरिमान पुन बरूण, संगठनका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज अजयदीप शर्मा, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, माओवादी दाङका सचिव विश्वराज आचार्य, संगठनका प्रदेश अध्यक्ष मानसिङ विक, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज लक्ष्मी आचार्य, संगठनका जिल्ला संस्थापक अध्यक्ष पुरण शर्मा लगायतका नेताहरूको उपस्थित थिए ।