धनकुटा, १४ साउन
धनकुटामा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । संखुवासभाको मुढेशनिश्चरेबाट धरानतर्फ आउदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिजो दिउँसो सिधुवा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
बस सडकबाट अन्दाजी दुई सय मिटर खस्दा सात जनाको घटनास्थलमै र अन्य ८ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ८ जनाको धरानमस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।
