शान्तकुमार बुढा मगर
दाङ, १४ साउन
दाङ देउखुरी समाज युएईले देउखुरी लमहीकी मृगौला पीडित एक महिलालाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला निस्क्रिय भई हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत लमही नगरपालिका ११ निवासी श्यामकली रोकालाई १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
समाजका उपाध्यक्ष पिम बहादुर के.सी. ले उपचाररत रोकालाइ भेट गरी फलफूल सहित उत्तः नगद रुपैयाँ प्रदान गर्नुभएको हो ।
सहयोग हस्तान्तरण गर्दै के.सी.ले सानो सहयोग भए पनि स्वास्थ्य उपचारमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।।
