दाङ, १४ साउन
अनेरास्ववियु दाङले इमेज इन्जिनियरिङ कलेजमा इकाइ भेला सम्पन्न गरेको छ । भेलाले सुमन डाँगीको अध्यक्षतामा ३० सदस्यीय इकाइ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा नविन ओली, सचिवमा भुवन कुसारी, सहसचिवमा दधिराम गुरुङ र कोषाध्यक्षमा उमा महतरा रहनुभएको छ । feature

यसैगरी सदस्यहरुमा धनमायाँ वली, निर्मला केसी, सविता केसी, डम्वर केसी, राजेश अधिकारी र दिपेन्द्र खडका लगाएत रहनुभएको छ । यस्तै भेलाले महिला विभाग प्र्रमुखमा निर्मला केसीलाइ चयन गरेको छ ।

अखिल फोर्स विभागका कविराम केसीको प्रमुख आतिथ्यता र अखिलका महेन्द्र वहुमुखी क्याम्पसका अध्यक्ष संगीत अधिकारीको विशेष उपस्थितीमा भेला भएको हो । भेलाको सहजीकरण मुकुन्द न्यौपाने गर्नुभएको थियो ।।