रेखा मगर
घोराही, १४ साउन
घोराही–होलेरी सडकखण्डमा पहिरो गएर सडक अवरुद्ध बनेपछि सर्वसाधारणहरु पैदल हिड्न बाध्य भएका छन । उक्त सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो हटाउन नसक्दा सवारीका साधन सन्चालनमा आउन सकेका छैनन । यातायात सेवा ठप्प भएपछि सर्वसाधारणहरु पैदल हिड्न वाध्य भएका हुन । pic

केही दिनदेखी गाडी नचल्दा सर्वसाधारणहरु घोराहीवाट रोल्पा र रोल्पावाट दाङ आउन पैदल हिड्न वाध्य भएका हुन । कच्ची सडकमा हरेक वर्षायाममा झर्ने पहिरोका कारण यातायात सेवा अनियमित वन्दा नागरीकहरुले सास्ती खेप्दै आएका छन ।

गाडी नचल्दा रोल्पाका डुब्रिङ, होलेरी, झेनाम, दुविडाँडा लगाएत गाविसका सर्वसाधारण हिँडरे घोराही आउने गरेका छन ।

यसैविच, सैघाको पेदीमा गएको पहिरो अझै हटाउन सकिएको छैन । शहिद मार्ग अन्तरगत घोराही होलेरी सडक खण्डमा सोना सिमेन्ट उद्योगका टिप्परले धेरै लोड बोक्दा पनि बाटोको गुणस्तर खस्किदै गएको सवारी चालकहरुको भनाइ छ ।2

उक्त सडकमा मोटरसाइलकल सम्म चल्ने अवस्था नहुँदा घण्टौ पैदल हिड्न वाध्य भएको होलेरीकी कमला घर्तीको भनाइ छ ।।