तुलसीपुर , साउन । बिबादका कारण अझै तुलसीपुर नगरपालिका २० को सेवा उरहरी गाबिस भबन बाटै हुदै आएको छ । तुलसीपुर नगरपालिकाका १९ वटा वडाहरुको भने साउन १ गते देखी नै सम्बन्धित वडा कार्यालय बाट भईरहेका छन् । नगरपालिकामा गाभिएका हलवार, टरिगाउँ र उरहरीका अन्य सबै वडाहरुमा गत साउन १ गते देखि वडा कार्यालयवाटै सेवा सुरु भइसकेको भएपनि वडा नं. २० मा भने त्यसो हुन सकेको छैन ।

tulsipur nagarpalika

वडा नं. २० को प्रिगाउँमा वडा कार्यालय स्थापना गर्नुपर्छ भन्नेहरु र वडा कार्यालय सुकौरामा स्थापना गर्नुपर्छ भन्नेहरुका बीचको विवादका कारण वडा कार्यालय स्थापनामा समस्या भएको तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।
स्रोतका अनुसार वडा नं। २० को सर्वदलिय बैठक र वडा परिषदले प्रिगाउँमा नै वडा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो तर जिल्ला विकास समितिको सर्वदलिय बैठकले भने वडा कार्यालय सुकौरामा नै स्थापना गर्ने निर्णय गरेर पठाए पछी वडा कार्यालय स्थापनाको सवाल विवादित बनेको हो ।

विकेन्द्री करणको सिद्धान्त अनुरुप नागरिकहरुलाई घरदैलोबाटै सेवा प्रवाहगर्ने उदेश्यले वडा कार्यालयबाटै सेवा सुरु गरिएको हो । विकेन्द्री करणको सिद्धान्त अनुरुप नागरिकहरुलाई घरदैलोबाटै सेवा प्रवाहगर्ने उदेश्यले वडा कार्यालयबाटै सेवा सुरु गरिएको हो ।।