बाढीले तुलसीपुर २० वेलगनारमा रहेको तटवन्ध वगाउदा सिंचाईमा समस्या भएको त्यहाँका किसानहरुले बताएका छन् । पातुखोलामा आएको वाढिले तटवन्ध वगाउदा सिचाईमा समस्या भए पछि किसानहरु चिन्तित बनेका हुन् ।

imagesकुलो बगाउदा भर्खरै रोपेको धानमा सिंचाई गर्न समस्या भएको छ । ६० बीगाह जमीनमा सिंचाइ हुदै आएको उक्त कुलो बाट ५० घरधुरी किसान लाभाम्बित थिए । कुलो तत्कालै मर्मत गरेर सिंचाई गर्ने ब्यबस्था मिलाउन पनि नसकिने अबस्था आएकोे नेपाली काग्रेस वर्डा नम्वर २० का सभापती टोपेन्द्रराज रेग्मीले जानकारी दिनुभयो ।।