इन्द्रेणी संवाददाता
दाङ । आजदेखि यस वर्षको एसईई परीक्षा शुरु भएको छ । चैत १५ गतेदेखि सञ्चालन भएको एसईई चैत २७ गतेसम्म चल्नेछ ।
दाङबाट यस वर्षको एसईई परीक्षामा १२ हजार ८ सय ९८ जना विद्यार्थीहरु सहभागी हुदैछन् । जिल्लाका १०७ सामदायिक र १३५ निजी गरी १२ हजार ८ सय ९८ जना विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेका हुन् । जसका लागि ४६ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् ।
नेपालभरी पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुदैछन् । जसका लागि १० हजार बढी परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परीक्षा विहान ८ बजेदेखि सञ्चालन हुँदैछ ।
