तुलसीपुर । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले मुक्त कम्लरीहरुलाई आत्मनिर्भर बन्नुपर्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा बेमौसमी तरकारी खेती तालिमको उद्घाटन गर्दै सांसद मास्कीले लामो संघर्षपछि कम्लरी मुक्तीको आन्दोलन सफल भएको भन्दै अब आत्मनिर्भरतातर्फ लाग्नुपर्ने बताए । उनले कम्लरीहरु उत्पादनमा जोडिएमा आत्मनिर्भर बन्न सक्ने समेत बताए ।

उनले अव प्रत्येक घर–घरमा अर्गानिक खेती हुन आवश्यक भएको समेत बताए । अब रासायनिक मल र विषादी प्रयोग गर्ने नभई अर्गानिक तिर लाग्नुपर्ने बताए ।

तुलसीपुर उपमहानगर पालिका वडा नं १८ का वडाध्यक्ष माधव वलीले स्वास्थ्य हुनका लागि अर्गानिक खेतीमा जोडिनुपर्ने बताए । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा किसानलाई तालिम दिन लागिएको हो ।

तालिममा गन्यारी कृषि सहकारीलाई कुखुरा पालनका लागि १ लाख २६ हजार रुपैया वारावरको चेक संस्थाका अध्यक्ष लक्ष्मी चौधरीलाई पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष र प्रमुख अतिथिले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको थियो ।