बाँके। बाँकेमा एक जनाले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । आपसी विवादका कारण बाँके कोहलपुर नगरपालिका वडा नं. १४ का २२ वर्षीय अनिल विकले श्रीमती २१ बर्सिया सुशीला सुनारको हत्या गरेका हुन् ।
बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै आएकोमा सोमबार राति आपसी झगडामा अनिलले श्रीमती सुशीलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरीले कार्यालय बाँकेले जनाएको छ।
धारिलो हतियारबाट गम्भीर घाइते भएकी सुशीलालाई नेपालगन्ज मेडिकल कलेजको हलपुर पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थिए । अनिललाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
