राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाई स्विकारेकोले पार्टी एकता हुने निश्चित भएको बताउनु भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले राप्रपा नेपालसँगको पार्टी एकता हिन्दू–गणतन्त्रलाई मुख्य एजेण्डा मानेर हुने सहमति भएको बताउनु भयो ।
राणाले दुई पार्टीवीचको एकता नेपाललाई हिन्दू–गणतन्त्र बनाउनका लागि नयाँ शक्ति हुने दाबी गर्नुभयो । उहाँले अब हुने पार्टी एकता कहिल्यै नफुट्ने गरि हुने समेत दाबी गर्नु भयो । पार्टी एकतापछि चुनाव चिन्ह समेत हलो हुने उहाँको विश्वास थियो ।
उहाँले राप्रपा नेपालले आगामी आईतबार पार्टी एकता गर्ने भनिरहे पनि पार्टी एकताको मिति तय भैनसकेको बताउनु भयो ।