दाङ, १४ साउन
थरुहट तराई पार्टी नेपालको बैठकले जिल्लामा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष शनिराम चौधरीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय उपाध्यक्ष नन्द कुमार चौधरीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य तेजमान चौधरीको विशिष्ट आतिथ्यमा घोराहीमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।index

बैठकले यहि साउन २५ गते लमहीमा बुद्धिजीविहरुसंघ भेटघाट कार्यक्रम गर्ने, २६ गते तुलसीपुरमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम, साउन २७ गते नारायणपुर र घोराहीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको जिल्ला इन्चार्ज तेजमान चौधरीले जानकारी दिनुभयो ।

भेटघाट तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय अध्यक्ष भानुराम चौधरी, वरिष्ठ नेता एवम सांसद गोपाल दहित, महासचिव मिनराज चौधरी लगायत नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको चौधरीले जानकारी दिनुभयो ।।