धनगढी । । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेका कारण उनलाई बदनाम गराउने र फसाउने खेलमा काग्रेस नेताहरू लागेको दाबी गरे ।
‘‘सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको छ के उनी सहकारीमा छन् ? सहकारी डुबाउने कुरामा उनी सहकारीका सञ्चालक हुन् ? के सहकारीमा उहाँको संलग्नता र सदस्यता छ ? केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ’’, मङ्गलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले भने ।
