दाङ । कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । अहिले राजधानी काठमाडौंमा पनि पानी परिरहेको छ ।
झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा बिहानदेखि पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वी भेगमा पर्सिसम्मै वर्षाको सम्भावना रहेको शाखाले जनाएको छ ।











