सल्यान । नेपाल कम्युनिष्ट पार्टी एमाले सल्यानले यहि चैत्र १८, १९ र २० गतेका लागि दशौँ जिल्ला अधिवेशनको मिति तय गरेको छ । सोमबार सल्यान खलंगास्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो ।
दशौँ जिल्ला अधिवेशनमा जिल्लाभरबाट करिव ३६५ प्रतिनिधी छनौट भएर आउने एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए ।
पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशन कार्यविधि, २०८० बमोजिम प्रचिनिधी संख्याको टुंगो लगाएको हो । प्रतिनिधी छनौटको निर्वाचन क्षेत्र भुगोलमा वडालाई र समावेशी प्रतिनिधीको लागि पालिकालाई बनाइएको पार्टी सचिव बुढाथोकीले बताए ।
उनका अनुसार खुला तर्फ २० जना संगठित सदस्य बराबर एक जना र दलित तर्फ १५ जना सदस्य बराबर एक जना सदस्य छनौट भएर आउनेछन् । जसमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।
