इन्द्रेणी संवाददाता
दाङ । दाङमा विहान १० बजेतिर जिप दुर्घटना हुँदा एक जनाको ज्यान भएको छ भने ६ जना घाइते भएका छन् ।
बबई १ भाँगोदुलाबाट तुलसीपुरतर्फ आउँदै गर्दा लु १ ज १४२७ नम्बरको जिप दुर्घटना हुँदा बबई गाउँपालिका १ बस्ने वर्ष ४५ का जीतबहादुर बुढाको ज्यान भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही गाउँपालिकाका ४७ वर्षका लोकबहादुर राना, ५० वर्षका जोकबहादुर बुढा, १७ वर्षका तारा सारु, ३२ वर्षका संगीता बुढा, ४० वर्षकी बन्दना बुढा र सल्यान शारदा नगरपालिका ९ का ५० वर्षका नन्दकली थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप उकालोमा तान्न नसकेर व्याक भएर सडकबाट तल खसेको थियो ।
