काठमाडौं । पार्टी हितविपरीत काम गरेको भन्दै जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई फिर्ता बोलाएको छ ।
जनमत पार्टीका प्रवक्ता शरद यादवले पार्टीको हितविपरीत काम गरेकाले सापकोटालाई अनुशासन समितिले कारबाही गरेर सांसद पदबाट फिर्ता बोलाउने बताए । कारबाहीका लागि संसद् सचिवालयमा पत्राचार गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सापकोटालाई फिर्ता बोलाएको पत्र प्राप्त भएको बताए ।
सापकोटालाई सांसदबाट फिर्ता बोलाउने निर्णय भएकाले पदमुक्त गरी सभामा जानकारी गराउन अनुरोध गर्दै आएको पत्रका सम्बन्धमा सभामुख देवराज घिमिरे अध्ययनमा छन् ।
