एजेन्सी । रूसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पुनः पाचौ पटक शक्तिशाली राष्ट्रपति बन्दैछन् । तीन प्रतिस्पर्धीलाई पछि पार्दै पुटिन पाँचौँपटक पुनः राष्ट्रपति हुने सुनिश्चि बनेको छ ।

गणना अन्तिम चरणमा पुग्दा ८७ प्रतिशत मत पुटिनको पक्षमा छ। रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा मतदान भइरहेको छ। पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिएका छन्। कतिपय स्थानमा उनका समर्थकले विजयोत्सव मनाउन शुरु गरिसकेको बीबीसीले जनाएको छ। जितसँगै पुटिन सन् २०३० सम्म सत्तामा रहने छन्।