पोखरा । सुन्दर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानीका रुपमा औपचारिक घोषणा गरेका हुन् ।
पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताए ।
“प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ”, उनले भने ।
गण्डकी प्रदेशको विकासमा दूरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । सो क्रममा प्रचण्ड गायक प्रकाश सपुतले प्रत्येक्ष गायको गीतमा समेत स्टेजमै नाचेका थिए ।
