दाङ । दाङको धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा भोलि महाशिवरात्री मेला लाग्दैछ । मेला तथा मन्दिरमा दर्शन गर्न आउनेहरुका लागि व्यवस्थित गरिएको छ ।
यहाँ महाशिवरात्री मेला तथा शिवपुजनको तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित र भव्य बनाउन मन्दिर व्यवस्थापन समितिले बिभिन्न उपसमिति गठन गरेर काम गरिरहेको छ । मेलामा पुग्ने भत्तजनहरुलाई आवतजावतमा सहजता ल्याउन पनौरादेखी धारपानी सम्मको सडक मर्मत गरिएको छ भने घोराहीबाट धारापानीसम्म जाने सवारीलाई गुरगै हुदै र धारपानीबाट घोराही फर्कने सवारीलाई गुरुवागाँउ थारुगल्ली हुदै फर्कर्ने व्यवस्था मिलाइएको समितिका सचिव बिष्णुराम आचार्यले बताए ।
यातायात व्यावसायी, अटो व्यावसायी,मन्दिर व्यवस्थापन समिति, ट्रार्फिक प्रहरी लगायतको बैठक बसी भाडादर समेत निर्धारण गरिएको छ । जस अन्तरगत भोलि महाशिवरात्री मेलाका दिन धारापानीसम्म पुग्न अटोका लागि एकतर्फी ९० रुपैया र बस लगायत अन्य सवारीका लागि ५० रुपैया भाडा दर कायम गरिएको छ । तोकिएको भाडादर भन्दा बढी असुल गरेको पाइएमा कडा कारवाही गरिने ट्रार्फिक प्रहरी जनाएको छ ।
मेलामा उच्छृङ्खल गतिविधि हुन नदिन जिल्ला प्रहरी,जिल्ला ट्राफिक कार्यालय,अस्थायी प्रहरी पोष्ट,जिल्ला प्रशासन,नेपाली सेनासंग समन्वय गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । भोलि २५ गते महाशिवरात्रीको दिन नेपाली सेनाबाट बिश्वकै अग्लो त्रिशुलमा सलामी,शिव भगवानको पुँजा आरधना तथा भजनकृतन सञ्चालन हुनेछ ।
मदिरा विक्री वितरणमा रोक
यस्तै मन्दिरले तोकेको पूर्व र दक्षिणमा धार्मिक वनको सिमाना सम्म,उत्तरमा बवई नदि सम्म र पश्चिममा धारपानी जाने पक्की सडकभित्र मदिरा बेचबिखन तथा सेवनलाई निषेध गरिएको छ ।
