काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धनमा आबद्ध दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
बुधबार दोस्रोपटक २० सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले मन्त्री बनाएका मध्ये तीन नयाँ अनुहार आएका छन्, बाँकी यसअघिकै मन्त्री बनाएका छन् ।
