इन्द्रेणी संवाददाता
दाङ । संघीय सरकारको बदलिदो समीकरणसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीलाई वर्खास्त गरेपछि माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिएको छ ।

आज माओवादी लुम्बिनी प्रदेशका प्रमुख सचेतक इन्द्रजीत थारु र दलका नेता जोखबहादुर महराले विज्ञप्ति निकालेर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन् ।

मुख्यमन्त्री चौधरीले आज मात्रै अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलार्ई बर्खास्त गरेका थिए । माओवादी अध्यक्ष एवं प्रधामन्त्री पुष्पकमल दाहालले संघीय सरकारमा काग्रेससँगको गठबन्धन तोडेर एमालेसिहतको नयाँ सत्ता समीकरण गराएपछि प्रदेश सरकारहरुमा पनि प्रभाव परेको छ ।