दाङ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय घोराहीले महाशिवरात्रीको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
विश्वविद्यालयले आज बुधवार पत्रकार भेटघाटको आयोजना गरी चार दिनसम्म गर्ने कार्यक्रमबारे जानकारी दिएको छ । महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह अन्तर्गत पहिलो दिन फागुन २३ गते पत्रकार भेटघाट गरिएको र २४ गते विहान ८ बजे ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय घोराही सेवा केन्द्रमा रक्तदान गर्ने समारोहका सूचना तथा सञ्चार समिति संयोजक ब्रहमाकुमार माधव तिमिल्सेनाले जानकारी जानकारी दिए ।
त्यसैगरी फागुन २५ गते विहान ५–७ बजेसम्म ईश्वरीय विश्वविद्यालय घोराही सेवा केन्द्रमा सकारात्मक सोचका लागि राजयोग अभ्यास गर्ने, सोही दिन ७–९ बजेसम्म शिवध्जारोहण संस्कार परिवर्तनमा आध्यात्मिकता गर्ने, २६ गते विहान १० बजे विपि चोकदेखि नगर परिक्रमा गर्ने गरी झाँकीसहित शान्ति सद्भाव पदयात्रा गर्ने र पदयात्रापछि पूरानो भ्यालीटप बोर्डिङ स्कूल घोराहीको प्राङ्गणमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह गर्ने र ११ बजे सोही स्थानमा लागूऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक नाटक विभिन्न कला संस्कृति झाल्कने नृत्य प्रस्तुति गर्ने संयोजक तिमिल्सेनाले बताए ।
महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोहका लागि विभिन्न सात वटा समितिहरु बनाएर तयारी गरिएको बताइएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राप्ती संयोजक गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले समाजमा शान्ति, सद्भाव कायम गर्न एवं विभिन्न सशक्तिकरण र जनचेतनाको विकास गर्न ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको भन्दै यो समारोहलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।
