इन्द्रेणी संवाददाता
दाङ । केन्द्रिय सरकारमा माओावादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणको नयाँ गठबन्धन बनाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई आज बुधवार बर्खास्त गरेका हुन् । मुख्यमन्त्रीले दुई वटा मन्त्रालय आफूसँगै राखेका छन् ।
केन्द्रमा प्रधानमन्त्री दाहालले काग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा र जसपाकासँग नयाँ समीकरण गरेका छन् । यी दलहरुसँग मिलेर दाहालले चार विनाविभागिय मन्त्रीसहितको मन्त्रिपरिषद समेत पुर्नगठन गरिसकेका छन् ।











