धादिङ । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको छ । बुधवार बिहान ५ बजेतिर धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३३ जनाको जीवित उद्धार गरिएको छ ।
बसको गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आमद घाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरेको छ । जीवित उद्धार गरिएकामध्ये १८ जनालाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ ।
दुर्घटना स्थलमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
