काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले काग्रेसलाई धोका दिएर नेकपा एमालेसहितका दलहरुसँग सत्ता गठबन्धनको नयाँ समीकरण गराएपछि कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

मंगलवार अपराह्न सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरूङले बताए।

दाहालले सोमवार मात्रै कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमाले, रास्वपा र जसपासहितको नयाँ समीकरणमा सानो आकारको मन्त्रीमण्डल पुर्नगठन गरेका थिए ।