विरेन्द्रनगर। संघीय सरकारमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेपछि कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् ।
कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी संयुक्त रूपमा राजीनामा दिएका हुन् ।
उनीहरुले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र पेस गरे । गत वैशाखमा मात्रै उनीहरु मन्त्री भएका थिए ।
संघीय सत्ता समीकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको साथ छोडेर एमाले, रास्वपा र जसपासँग नयाँ समीकरण बनाएपछि प्रदेश सरकारमा पनि त्यसै अनुसार सरकार निर्माण हुने देखिएको छ ।
