धनगढी । संघीय सरकारमा गठबन्धन फेरबदल भएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गरेका छन् ।
सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरिएको हो ।
सङ्घमा माओवादीले नेकपा एमाले सहितका दलहरूसँग नयाँ गठबन्धन गरेकाले माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालयको जिम्मेवारी आफैले राखेका छन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी सहितको संयुक्त सरकार बनेको थियो ।











