घोराही, श्रावण ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले राजनैतिक आवरणमा हुने कुनैपनि आपराधिक कृयाकलापहरुलाई नछोडिने बताउनु भएको छ । अहिले फौजदारी प्रकृतिका तथा सरकारवादी हुने गम्भिर प्रकृतिका मुद्दाहरु राजनैतिक आवरणमा स्थानीय स्तरमै मिलाउने गैर कानुनी काम भएको भन्दै त्यस्तो हुन नदिन आफु लागि परेको पनि बताउनुभयो ।

jiprak

लैगिंक हिंसा न्युनिकरण गरी महिलाको प्रगतिमा भएका सामाजिक बाधाहरुलाई सम्बोधन गर्दे महिलाकाहरुको न्यायमा पहुँच तथा आर्थीक, सामाजिक एवं राजनैतिक शसक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले गढवा गा.वि.समा गठित सौर्य पुरुष समुहको ज्ञापन पत्र बुझ्दै जिल्ला प्रहरी प्रमुख सिहले यस्तो प्रतिबद्धता जनाउनुभएको पुरुष समूहका संयोजक पटवारी यादवले जानकारी दिनुभएको छ ।

गढवा गाविसको प्रतिनिधित्व गर्दे जिल्ला प्रहरीकार्यालयमा पुगेको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दे सिहले प्रहरीलाई नागरीक सहयोग आवस्यक रहेको बताउनु भयो । सबै जातजाति एवं भाषभाषि तथा समूदायको प्रतिनिधित्व भएको गढवा गाविसमा लैगिंक हिंसा , घरेलु हिंसा तथा विभिन्न प्रथाहरुको नाममा महिलाहरुमाथि शोषण कायम छ ।

पुरुष समूहका संयेजक पटवारी यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दाङ पुगेको टोलीले पाँच सुत्रिय माग सहित प्रहरीको ध्यानाकर्षण गराएको यादवले जानकारी दिनुभयो । ज्ञापनपत्रमा गढवा ४ मा बस्दै आउनुभएकी२७ बर्षीय शान्ति चौधरी, वडा नं २ निबासी राधा कुमाल , ६ को प्रेम कुमारी चौधरीको लैगिंक हिंसा को केषलाई अबिलम्ब रेस्पोन्स गर्नुपर्ने ।

गढवा गाविसमा अधिकाँस फौजदारी तथा जघन्य अपराधहरु समेत राजनैतिक दवावमा मिलाउने गरिएकोमा प्रहरीले निर्भिकता पुर्वक कानुन अनुसार कार्वाहि गरिनुपर्ने , महिला तथा बालबालिकाका संग सम्बन्धित समस्याहरु तदारुकताका साथ सम्बोधन गरिनु पर्ने , अपराध नियन्त्रणका लागि जनचेतनामूलक अभियानहरु संचालन गरिनुपर्ने , राजनैतिक दवाव लाई दुरुत्साहन गरिनुपर्ने मागहरु समेटिएको आश्था परियोजना प्रमुख बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।।