रुकुम,साउन । रुकुमको चौरजहारी ८ घर्तिकाँडामा रहेको निम्ना माध्यामिक विद्यालयको ४ कोठे भवन जिर्ण बनेको छ । २०४९ सालमा स्थानीय समुदायले श्रमदान वाट निर्माण गरेको भवन वर्षाको कारण भत्किने अवस्थामा पुगेको बिद्यालय श्रोतले बताएको छ ।
कच्ची भवनको छाना र भित्तामा पानी छिरेर चुहिन थालेपछि भवन भत्किने अवस्थामा पुगेको विद्यालयका प्रधानध्यापक रुद्रवहादुर गिरीले जानकारी दिनुभयो । भवनको २ वटा कोठामा पठनपाठन अवरुद्ध भएको छ ।
भवन जोखिम अवस्थामा पुगेको कारण जतिखेर पनि भत्किन सक्ने अवस्थामा रहेकोले विद्यार्थीहरु समेत त्रसित हुनेगरेको विद्यालयले जानकारी दिएको छ । विद्यालयमा करिव ३ सय जना विद्यार्थीहरु अध्यनरत रहेका छन ।।