काठमाडौं, साउन ।  प्रहरीको छापा र राजश्वको अनुसन्धानका कारण केही समय रोकिएको कन्सल्टेन्सीको ठगी धन्दा फेरी शुरु भएको छ । अष्ट्रेलिया पठाई रोजगारी समेत लगाई दिने भन्दै रकम असुल्दै आएको एक कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेसंगै उनीहरुको धन्दा शुरु भएको पुष्टि भएका हो ।

download (1)गैर कानुनी तवरले रकम लिई ठगी गरेको बालाजुको युरो फाउण्डेशन कन्सलटेन्सीका सञ्चालक बिनोद अधिकारीलाई प्रहरीले ५ लाख ८० हजार रुपैंया सहित पक्राउ गरेको हो ।

कन्सलटेन्सीले २०६९ सालदेखी गैरकानुनी रुपले अष्ट्रेलियामा पठाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ । प्रति व्यक्ति ८ लाख रुपैंया लाग्ने भनी रकम लिएको प्रहरीले जनाएको छ ।।