दाङ । विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल आराही हरि बुढा मगरलाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको आयोजनामा उनलाई नागरिक अभिनन्दन गरिएको हो । विभिन्न संस्कृति झल्कने बाजागाजासहित घोराहीस्थित भानुचोकबाट र्यालीसहित अभिनन्दन गरिएको हो ।
वि.स. २०३६ सालमा रोल्पामा जन्मिएका हरि बुढा मगर ब्रिटिश आर्मीमा रहदा सन् २०१० अप्रिल १७ मा अवगानस्थानमा खटिएको समयमा विस्फोटक धरापमा परी दुवै खुट्टा गुमाएका थिए । दुबै खुट्टा गुमाएर कृतिम खुट्टा राखेका बुढाले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गरी विश्व कृतिमान कायम गरेका थिए ।
नागरिक अभिनन्दनका तस्विरहरु
तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन