जुम्ला । जुम्लाको तातोपानीमा वृक्षरोपण गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा १५० वटा स्याउका विरुवा रोपिएको हो । २००७ फागुन ७ गतेका दिन एकतन्त्रीय जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइँदै आएको छ । दिवस भोलि परेको छ ।
जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गणमा नयाँ स्थापित कार्यालय प्राङ्गणमा एक सय ५० वटा स्याउका बिरुवा रोपिएको हो ।
वृक्षरोपण कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावल, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेसहित सरोकारवाला निकाय र स्थानीयको सहभागिता थियो ।











