काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ ।
बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
यसअघि नेतृत्वनेकपा–एकीकृत समाजवादी पार्टीका माधव कुमार नेपालले गर्दै आएका थिए । बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समेत समीक्षा भएको बताइएको छ ।











