देउखुरी १३ साउन
पुर्वपश्चिम राजमार्ग अन्तर्गत देउखुरीको सिसहनियाँमा सडक मर्मत समयमा नहुदा आवतजावतमा समस्या भएको छ । सिसहनियाँ ५ कमलरोड देखि लठ्ठहवा सम्मको २ दशमलव एक सय किलो मिटर सडक मर्मतका लागि जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेको स्थानीयको गुनासो छ । deukhuri

२ करोड ८० लाखमा निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको खड्का कृष्ण तिरोपाते जेभी कम्पनीले वर्षाका कारण देखाउदै सडक मर्मत गर्न सकेको छैन । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने सडकका कारण समस्या भएको स्थानीय माधवप्रसाद आचार्यले गुनासो गर्नुभयो ।

बाटोका कारण स्कुले बालबालिकाहरुले बढि सास्ती खेपिरहेका छन । घरबाट ड्रेस लगाएर निस्किदा स्कुल पुग्न नपाउदै ड्रेसमा गाडीले हिलो छ्याप्दा बिचबाटै घर फर्किनुपर्ने अवस्था रहेको विद्यार्थी विनिता चौधरीको भनाइ छ । सडक भत्काउने काम भ पनि मर्मतमा ध्यान नजादा सवारी दुर्घटनाको जोखिम वढेको छ ।।