दाङ, १३ साउन
लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेको घोराही–होलेरी सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । अविरल वर्षाले कमजोर वनेको र पहिरो खस्ने क्रम नरोकिदा र कमजोर सडकका कारण हिजोदेखि सवारीका साधन सन्चालनमा रोक समेत लगाइएको छ ।
कालोपत्रे नभएको उक्त सडकखण्ड हरेक वर्षायाममा अवरुद्ध हुँदै आएकोमा यस वर्ष पनि त्यहि समस्या दोहोरिएको छ । घोराही होलेरी–सडकखण्डमा दाङबाट रोल्पा जाने र रोल्पावाट दाङ झर्ने कुनैपनि सवारीका साधन हिजोबाट सन्चालन गर्न सकिएको छैन ।
सैघाको गैरा भन्ने स्थानमा ठूलो पहिरो र अन्य विभिन्न ठाँउमा पहिरो झर्दा सडक अवरुद्ध वनेको प्रहरीले वताएको छ । कच्ची वाटोमा पानी पर्ने वित्तिकै पहिरोका कारण सडक जाम हुँदा यात्रामा कठिनाइ भएको छ भने मानिसहरुको अत्यावश्यकीय काम प्रभावित हुँदै आएको छ ।।
