रेखा मगर
दाङ, १३ साउन
दाङमा एक युबकलाइ कुटपिट गरी फरार रहेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । तुलसीपुर नगरपालिका—९ बेलुवा बस्ने साजन केसीलाई धारिलो हतियार प्रहार गरी फरार रहेका पबननगर ७ लौवस्ता बस्ने २३ वर्षका लक्ष्मी भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केसीलाई भण्डारीसहितका युबाहरुले गत जेठ १५ गते तरबार, रड प्रहार गरी घाइते बनाएको आरोपमा उनलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । भण्डारीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता गरी कारबाही प्रक्रिया सुरु गरिएको छ ।
कुटपिटपछि फरार रहेका भण्डारीलाई पवननगर–८ छोटे भन्ने स्थानवाट पक्राउ गरिएको हो । कुटपिटमा संलग्न अन्य ३ जना फरार रहकाले खोजी कार्य जारी राखिएको प्रहरी निरिक्षक रोकाले वताउनुभयो ।।
