दाङ, १२ साउन । दाङको अमेलियामा ट्राफिक प्रहरीकालागी पोष्ट निर्माण गरिएको छ । लामो समयसम्म ट्राफिक प्रहरी अमेलियामा रहेर काम गरेपनि पोष्ट नहुदा समस्या भएपछि अस्थाई पोष्टको निर्माण गरिएको हो ।

13782201_911152722323074_5857339153824324302_n

विभिन्न सहयोगीहरुबाट संकलन भएको ५० हजार रुपैयाँको आर्थिक सहयोगमा पोष्टको निर्माण गरिएको हो । पोष्टको हिजो एक कार्यक्रमका बिच जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंह र सहयोगी प्रभात शाहले उदघाटन गर्नुभएको हो । पोष्टको निर्माणभएपछि ट्राफिक प्रहरीको काममा सहजता भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिंहले बताउनुभयो ।

यसैबीच दाङको सिमानामा ट्राफिक निमयमसम्वन्धी सचेतनामूलक बोर्ड स्थापना गरिएको छ । दाङ र बाँकेको सिमानामा रहेको शिव खोला छेउमा बोर्ड स्थापना गरिएको हो ।।