इन्द्रेणी संवाददाता्
रुकम, १३ साउन
अविरल वर्षापछि रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको हो । गाउँ नै १ मिटर बढी भाँसिएपछि स्थानीय जोखिममा रहेको स्थानीय गोविन्द बिकले बताउनुभयो । pahiro

२०६३ सालमा गाउँ नजिकैको तुसेरी खोलीमा गएको ठूलो पहिरोका कारण जमिनमा चिरा परेपनि यसपटक भने जमिनले नै ठाउँ छाडेपछि गाउँ नै बग्ने भन्दै स्थानीय त्रसित भएका छन् । तुसेरी खोलीमा पहिरो गएपछि त्यस आसपासमा वर्षेनी जमिन भासिने क्रम बढेको बिकको भनाई छ ।

दर्जन बढी घरसहित गाउँभन्दा तल रहेको काल्ने खेत र बिजुलीका पोलहरु पनि पहिरोको जोखिममा रहेका छन् ।  यस्तै रुकुमकै एकअर्को खवर अनुसार रुकुमकोट र काँडा गाविसको सिमानामा बग्ने रुकुमगाडको काठे पुल नदिले बगाउँदा आवत–जावतमा समस्या भएको छ । बाढीले भर्खरै निर्माण गरिएकोे काठेपुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।

अहिले त्यस क्षेत्रका स्थानियबासीहरु १ घण्टा बढी हिडेर काँडा ७ बालुवा बजारमा रहेको झोलुङ्गे पुलबाट वारपार गर्ने गरेका छन् । यस्तै, नदीले आसपासका खेतीयोग्य जमिन कटान गरेपछि धान बालीमा पनि क्षति पुगेको छ । नदीको बहाव बढेपछि नदी आसपासका बासिन्दाहरु खेतवारी कटान गर्न थालेपछि चिन्तित बनेका छन् ।।