दाङ, १३ साउन
दाङमा गत आर्थिक वर्षमा २ हजार ७ सय ३२ पशुमा कृत्रिम गर्भधारण गराएका छन् । जिल्ला पशुसेवा कार्यालय दाङले आर्थिक वर्ष २०७२÷७३ मा जिल्लाका विभिन्न क्षेत्रमा १ हजार ८ सय ३८ गाई र ८ सय ९४ ओटा भैंसीमा कृत्रिम गर्भधारण गराएको हो ।pasu

जिल्लामा पशुको कृत्रिम गर्भधारण गराउन कृषकहरू आकर्षित हुँदै गएकोे जिल्ला पशु सेवा कार्यालय दाङका पशु प्राविधिक कृष्ण न्यौपानेले जानकारी दिनुभयो । पशुको कृत्रिम गर्भधारणमा कृषकको आकर्षण भए पनि यस वर्ष नाकाबन्दीका कारण अपेक्षित संख्यामा बढ्न नससकेको पशु कार्यालयले बताएको छ ।

उन्नत जातको भाले पशुको वीर्यबाट कृत्रिम गर्भधारण गराउँदा त्यस्ता पशुबाट जन्मने बाछा÷बाछी, पाडा÷पाडी पनि उन्नत हुने र अन्य जातका पशुले भन्दा धेरै उत्पादन दिने भएकाले कृषकहरू यसमा आकर्षित भएका हुन् ।।