इन्द्रेणी संवाददाता
सल्यान, १३ साउन
विप्लव नेतृत्वको नेकपा माओवादीले सल्यानमा निजी क्षेत्रवाट सञ्चालन हुँदै आएको एक टेलिभिजन बन्द गर्न माग गरेको छ । माओवादी सल्यानको शारदा नगरकमिटीले शारदा नगरपालिकामा केही वर्ष देखि सञ्चालन हुँदै आएको सल्यान टेलिभिजन वन्द गर्न भनेको हो । salyan

एक विज्ञप्ती जारी गर्दै सो पार्टीका शारदा नगर कमिटीका सेक्रेटरी गणेशमान सिंहले उक्त टेलिभिजनले सम्वन्धित निकायमा दर्ता नगरी, अनुमति नलिई र राज्यलाई तिर्नुपर्ने कुनैपनि कर नतिरी व्यवसायीक रुपमा सञ्चालन गरिरहेकाले जिल्ला प्रशासनसंग बन्द गर्न ध्यानाकर्षण गराएको उल्लेख गर्नुभएको छ ।
अन्यथा पार्टी स्वयम कारवाही गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख छ । त्यस्तै माओवादी नगरकमिटीले श्रीनगरमा संचालित एक शैक्षिक संस्थाले प्राविधिक शिक्षाको प्रवेश परिक्षामा नियम विपरित काम गरेकोले छानविन गरी उचित कदम चाल्ने निर्णय गरेको छ । नगर भित्रको विकास र जनसरोकारका कार्यक्रमहरुमा निगरानी बढाइे पनि सिंहद्धारा विज्ञप्तीमा उल्लेख छ ।।